पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भंग: रास्वपा

काठमाडाैं | पुस २६, २०८२

पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भंग: रास्वपा तस्बिर फाइल

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि उज्यालो नेपाल पार्टी ९उनेपा०सँगको एकता भंग भएको निष्कर्ष निकालेको छ ।


उनेपासँगको एकता भंग भएपछि शनिबार (पुस २६) बसेको रास्वपा सचिवालय बैठकले कुलमान घिसिङले एकपछि अर्को प्रस्ताव ल्याएका कारण एकताले पूर्णता पाउन नसकेको निष्कर्ष निकालेको नेता शिशिर खनालले बताए ।


घिसिङले पार्टीको नयाँ नाम राख्नुपर्ने, आफूलाई वरिष्ठ उपसभापति बनाउनुपर्ने, निर्वाचन क्षेत्रको सिट बाँडफाँट गर्नुपर्ने, पार्टीका अरू पदाधिकारीमा पनि आफ्नो तर्फका नेतालाई नियुक्त गर्नुपर्नेलगायत प्रस्ताव ल्याएपछि एकता भंग भएका विषयमा सभापति रवि लामिछानेले बैठकमा जानकारी गराएको उनले बताए ।


पार्टी एकताका क्रममा भएको सहमतिभन्दा फरक र छुट्टाछुट्टै पूरक प्रस्ताव आउन थालेपछि सहकार्य अगाडि बढ्न नसकेको रास्वपाको दाबी छ ।


एकतासँगै वरिष्ठ उपसभापति, महामन्त्री, पदाधिकारी, थप सचिवालय सदस्य, केन्द्रीय सदस्य र निर्वाचन क्षेत्रसम्मको बाँडफाँटको प्रस्ताव आएपछि सहकार्यलाई पूर्णता दिन समस्या भएको नेता खनालको भनाइ छ । 


दुई दलबीच यसअघि भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलन, भ्रष्टाचारविरोधी चेतना, सुशासन र ‘मेरिटोक्रेसी’को नारालाई मूल आधार बनाउनेलगायत सातबुँदे सहमति भएको थियो ।

पोखरा २९ भण्डारढिकमा जारी  ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’  अन्तरगत शनिबारसेभेन ए साइड फुटबल प्रतियोगितातर्फ ७ खेल सम्पन्न भएका छन्  ।    क्लबका अध्यक्ष विष्णुु पुन...

थप पढ्नुहोस्

पोखरा।       गण्डकी स्पोर्टस् क्लबको आयोजनामा मालेपाटनमा जारी पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधिका लागि न्यूरोड एफसी र एनके एफसी भिड्ने भएका छन् । &n...

थप पढ्नुहोस्

पोखरा:   राष्ट्रिय हेमजा आलु महोत्सवमा चहलपहल बढ्दै गएको छ । शुक्रबारदेखि सुरु महोत्सवको दोस्रो दिन शनिबार आज दर्शक सहभागिता बढेको हो ।   शनिबार बिदा परेको र मौसमले समेत साथ दिएसँगै जन...

थप पढ्नुहोस्